नियम
सूचना दर्ता गरी भरपाइ दिनु पर्ने
(१) नियम ३ वा ४ बमोजिम राजस्व चुहावट सम्बन्धी सूचना प्राप्त भएमा विभागको सम्बन्धित कर्मचारीले त्यस्तो सूचनालाई अनुसूची – २ बमोजिमको ढाँचामा दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।
(२) नियम ४ बमोजिमको व्यक्तिले दिएको सूचना उपनियम (१) बमोजिम दर्ता गर्दा महानिर्देशकले तोकिदिए बमोजिमको कुनै सङ्केत राखी दर्ता गर्नु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम सूचना दर्ता गरेपछि सम्बन्धित कर्मचारीले अनुसूची– ३ बमोजिमको ढाँचामा सम्बन्धित सूचनाकर्तालाई एक प्रति भरपाइ दिनु पर्नेछ ।
(४) यस नियम बमोजिम राजस्व चुहावट सम्बन्धी सूचना दर्ता गर्ने दर्ता किताबको प्रत्येक पृष्ठमा महानिर्देशक वा निजले तोकेको अधिकृतले दस्तखत गरी प्रमाणित गर्नु पर्नेछ ।